फिल्ममा विज्ञान

संसार आलूले मात्रै होइन, केराउले पनि बनेको हो !

स्टेफन हकिङ्गको जीवनमा बनेको फिल्म ' द थ्योरी अफ एभ्रिथिङ्ग'

person explore access_timeमाघ १, २०७७ chat_bubble_outline0

 

विज्ञानको अभिरुचि पनि कता कता जादूको छड़ी झै  ‘आबराको डाबरा’, ‘गिलिगिली फट ’ र ‘ऊँ स्वाहा’ जस्तै कुनै एउटा यस्तो सिद्धान्तको खोजीमा तल्लीन रहेको पाइन्छ, जसले सम्पूर्ण विश्व ब्रहमाण्डको व्याख्या  र विवेचना कुनै  एउटै जादुई डण्डा जतिको सूत्र (जस्तै E=mc2ऊर्जा = द्रव्यमान x प्रकाश गतिको स्क्वायर )ले गर्न सकियोस् ।

एक अर्थमा विज्ञानले आफूलाई ईश्वरको स्थानमा पदस्थापन गर्न नचाहेको भए पनि ‘ईश्वरको मस्तिष्क र मस्तिष्कको रचनाधर्मिता एवं कार्यशैली ’ (म्याट्रिक्स अफ यूनीभर्स) बुझ्ने ललक देखिन्छ विज्ञानसँग ।

प्रसङ्ग स्टेफन हकिङ्ग विषयक फिल्म ‘द थ्योरी अफ एभ्रिथिङ्ग’को हो  ।

https://api.time.com

जेन टेबलमा राखिएका दुईटा 'फोर्क' (काँटा) हातमा लिन्छिन् । एउटा ‘फोर्क’ को सहायताले उनी प्लेटमा राखिएका केराउका दाना मध्ये एउटा दाना उठाउँछिन् र अर्को 'फोर्क'बाट एउटा आलू उठाउँदै जोनाथनसँग भन्छिन् - यी दुबै हाम्रो भौतिक विज्ञानका दुइटा आधार स्तम्भ हुन् । हेर, ठूलो आकारको यो आलू भनेको ‘जनरल रिलेटीभिटी थ्योरी’ लाई प्रतिनिधित्व गर्छ । र, अर्को ‘फोर्क’ देखाउदै उनी भन्छिन्– यो सानो केराउको दाना ‘क्वाण्टम थ्योरी’लाई प्रतिनिधित्व गर्छ ।

फिल्मको एउटा  दृश्यमा स्टेफन हकिङ्गको घरमा एकजना पाहुना आउँछन् मि. जोनाथन । ‘डायनिग टेबल’मा मिस्टर जोनाथन, स्टेफन हकिङ्ग र उनकी पत्नी जेन खाँदै गफ गरिरहेका छन् । जस्तो कि सर्वविदित नै छ, हकिङ्गलाई बोल्न गाह्रो हुन्थ्यो । एउटा प्रसङ्ग आउँदा जेन हकिङ्गको ‘फण्डामेन्टल थेसिस’ बारे जोनाथनलाई उदाहरण दिएर बुझाउँछिन् ।

जेन टेबलमा राखिएका दुईटा 'फोर्क' (काँटा) हातमा लिन्छिन् । एउटा ‘फोर्क’ को सहायताले उनी प्लेटमा राखिएका केराउका दाना मध्ये एउटा दाना उठाउँछिन् र अर्को 'फोर्क'बाट एउटा आलू उठाउँदै जोनाथनसँग भन्छिन् -

यी दुबै हाम्रो भौतिक विज्ञानका दुइटा आधार स्तम्भ हुन् । हेर, ठूलो आकारको यो आलू भनेको ‘जनरल रिलेटीभिटी थ्योरी’ लाई प्रतिनिधित्व गर्छ । र, अर्को ‘फोर्क’ देखाउदै उनी भन्छिन्– यो सानो केराउको दाना ‘क्वाण्टम थ्योरी’लाई प्रतिनिधित्व गर्छ ।

तपाईंहरुलाई थाहै छ आइन्स्टाइनको ‘जनरल रिलेटीभिटी थ्योरी’ ठूल्ठूला पिण्ड र परिदृश्यको सटीक व्याख्या गर्न सक्षम छ  । चाहे ‘ब्लैकहोल’ होस्, गुरुत्वाकर्षण होस्, प्रकाश होस वा फैलिँदै गइरहेको व्रह्माण्ड होस्, सबै ठूला कुराहरुको व्याख्या र  विवेचना गर्न ‘जनरल रिलेटीभिटी थ्योरी’  सक्षम छ ।

साँच्चै नै सम्पूर्ण ‘कस्मिक रिडल’ (ब्रम्हाण्डीय पहेली) को क्याप्सुल यसै एउटा ‘म्याट्रिक्स’ले सञ्चालित छ ‘तपाईं हामी सबैजना  समय र आकाश’ (टाइम एंड स्पेस ) को परिधिमा छौं  । सारमा भन्न सकिन्छ– तपाईं  हामी एउटा यस्तो  गहिरो इनारभित्र छौ जहाँबाट  भरमग्दुर प्रयास गरे पनि  हामी इनार बाहिरको ‘यूनीभर्स’ (ब्रम्हाण्ड) देख्न सक्दैनौं  । हाम्रो भौतिक शरीरबाट त यो किमार्थ पनि सम्भव हुन्न ।

तर ठूला कुराले मात्रै जीवन चल्दैन भने झैँ हाम्रो चारैतिरको दृश्य ब्रह्माण्ड पनि  त साना साना कणले नै बनेको  हो । यी साना कणको अध्ययनका लागि ‘जनरल रिलेटीभिटी थ्योरी’को सामर्थ्यले भ्याएन   । झण्डै आइन्स्टाइन कै समयमै यो तथ्य थाहा भइसकेको थियो र यसकै फलस्वरुप जन्मियो एउटा अर्को नयाँ वैज्ञानिक सिद्धान्त  जसलाई  ‘क्वाण्टम थ्योरी’ भनियो ।

सम्पूर्ण ‘कस्मिक रिडल’ (ब्रम्हाण्डीय पहेली) को क्याप्सुल यसै एउटा ‘म्याट्रिक्स’ले सञ्चालित छ ‘तपाईं हामी सबैजना  समय र आकाश’ (टाइम एंड स्पेस ) को परिधिमा छौं  । सारमा भन्न सकिन्छ– तपाईं  हामी एउटा यस्तो  गहिरो इनारभित्र छौ जहाँबाट  भरमग्दुर प्रयास गरे पनि  हामी इनार बाहिरको ‘यूनीभर्स’ (ब्रम्हाण्ड) देख्न सक्दैनौं  । हाम्रो भौतिक शरीरबाट त यो किमार्थ पनि सम्भव हुन्न ।

‘क्वाण्टम थ्योरी’ ले अति स -साना कण र तिनको  स्वरुप, संरचना र कार्य पद्धतिका बारे अन्वेषण गर्छ; जस्तै ‘एटम’, ‘पार्टिकल्स’, इलेक्ट्रोन्स, प्रोटोन्स, ‘क्वार्क्स’, ‘इलेक्ट्रोम्यागनेटिक फिल्डस' आदि ।

जेन आगन्तुक जोनाथनलाई बुझाउँदै भन्छिन् – केराउका दाना अर्थात ‘क्वाण्टम’ स्तरमा वस्तु अति अराजक व्यवहार प्रदर्शित गर्छन् । उनका कार्य, व्यवहार र गुणधर्म बारे पूर्वानुमान गर्न सकिँदैन । यसका विपरीत अथवा केराउको तुलनामा आलू  अर्थात 'जनरल रिलेटीभिटी थ्योरी' शान्तचित्त हुन्छ । तपाईं सजिलै यसको अध्ययन गर्न सक्नुहुन्छ । कथंकदाचित यो विश्व आलूले मात्रै बनेको भए परम रहस्यलाई सजिलै बुझ्न सकिन्थ्यो तर दुर्भाग्य यस विश्व ब्रह्माण्डको संरचनामा केराउका दाना पनि संलग्न छन्, र स्टेफन हकिङ्ग यिनै केराउका दानाको अध्ययन गरिरहेका छन् ।

तपाईं हामी सबैलाई थाहा छ– आधुनिक भौतिक विज्ञानको इतिहास आइन्स्टाइनको ‘जनरल रिलेटीभिटी थ्योरी’ बाट अघि बढ्दै स्टेफन हकिङ्गसम्म आई   नपुग्दै ‘क्वाण्टम थ्योरी’ पथमा अग्रसर भएको थियो। सामान्य मेघाले आइन्स्टिनको 'रिलेटीभिटी थ्योरी' नै बुझ्न जटिल रहेको परिदृश्यमा 'क्वाण्टम थ्योरी' को मर्म र भेद एवं जटिलताबारे सहज अनुमान लाउन सकिन्छ। क्वाण्टम जगतमा जे पनि हुन्छ।  यो जे पनिको अर्थ तपाईं जे पनि लाउन सक्नु हुन्छ। क्वाण्टम स्तरमा भौतिक विज्ञानका धेरै अवधारणाका साथै अनेकौं मान्यता छिन्नभिन्न हुन्छन्। 'फोर्क' बाट आलू  र केराउको दाना  टिपेको प्रकरणले  दुबै 'थ्योरी'मा रहेको अंतरविरोधबारे सजिलै बुझाउने निर्देशकको प्रयास सराहनीय छ।

अल्बर्ट आइन्स्टाइन ‘क्वाण्टम थ्योरी’ का अनेकन अन्य वैज्ञानिकमध्ये एकजना खोजी जनक हुन् । ‘क्वाण्टम थ्योरी’ को खोजबाट उनलाई पूर्णतयाः अलग्याउन सकिँदैन । तर ‘क्वाण्टम थ्योरी’ले उनका अन्य वैज्ञानिक समीकरणलाई निरुत्तर बनाइदिन्थे, यसकारण उनी ‘क्वाण्टम थ्योरी’प्रति सहज थिएनन् । आइन्स्टाइनको मस्तिष्क व्याप्तिमा संलग्न थियो । उनी ‘बिग ब्याङ्ग’, ‘स्पेशटाइम’, ‘एक्सपान्डिङ्ग यूनिभर्स’, ‘टाइम ट्राभल’, ‘ग्राभिटेशनल वेभ’ का कुरा गर्थे ।

हामी सबैलाई थाहा भएकै कुरा हो  अल्बर्ट आइन्स्टाइन ‘क्वाण्टम थ्योरी’ का अनेकन अन्य वैज्ञानिकमध्ये एकजना खोजी जनक हुन् । ‘क्वाण्टम थ्योरी’ को खोजबाट उनलाई पूर्णतयाः अलग्याउन सकिँदैन । तर ‘क्वाण्टम थ्योरी’ले उनका अन्य वैज्ञानिक समीकरणलाई निरुत्तर बनाइदिन्थे, यसकारण उनी ‘क्वाण्टम थ्योरी’प्रति सहज थिएनन् । आइन्स्टाइनको मस्तिष्क व्याप्तिमा संलग्न थियो । उनी ‘बिग ब्याङ्ग’, ‘स्पेशटाइम’, ‘एक्सपान्डिङ्ग यूनिभर्स’, ‘टाइम ट्राभल’, ‘ग्राभिटेशनल वेभ’ का कुरा गर्थे । समग्रमा उनको खोज र यात्रा  अर्को आयाममा केन्द्रित थियो र 'क्वाण्टम थ्योरी' को संसार त्यसभन्दा बिल्कुलै पृथक आयामको छनक दिन्थ्यो। आखिर आइन्स्टाइन मानिस नै थिए, मिथकहरुमा वर्णित कुनै  सर्वशक्तिमान पुरुष थिएनन्।  आजित  भएर उनले भन्नै परयो– 'गॉड डज नट थ्रो डाइस !' 

आधुनिक भौतिक विज्ञानले अब त्यस दिशामा आफ्नो ध्यान केन्द्रित गरेको छ, जुन विन्दुमा ‘जनरल रिलेटीभिटी थ्योरी’ र ‘क्वाण्टम मेकानिक्स’ संयुक्त हुन सक्छन्, सँगै अघि बढ्न सक्छन् । ‘हकिङ्ग रेडिएशन’, ‘क्वाण्टम ग्राभिटी’  'पार्टिकल एसिलेटर' आदि   यसका उदाहरण हुन् ।

‘क्वाण्टम फिजिक्स’को जिज्ञासा सूक्ष्मातिसूक्ष्म एवम् असाधारण हुन्छ, जस्तो कि तपाईंलाई थाहा छ एउटा कुनै चित्रको सबैभन्दा सानो यूनिट ‘पिक्सेल’ हुन्छ । ‘क्वाण्टम फिजिक्स’ले प्रश्न गर्छ, ‘चित्रको सानो यूनिट’ पिक्सेल झैँ दृश्य ब्रह्माण्डमा दूरीको सबैभन्दा सानो यूनिट के हुन सक्छ ? ‘ अ क्वाण्टम अफ स्पेश’ ।

From left to right: Walther Nernst, Albert Einstein, Max Planck, Robert Andrews Millikan, and Max von Laue at a dinner given by von Laue on November 12, 1931, in Berlin. Photo source: https://scitechdaily.com

मैक्स प्लांकले यसको खोजी गरेका थिए । दृश्य ब्रह्माण्डमा सबैभन्दा सानो दूरी  १.६१६२२९x १०को घात माइनस ३५ मीटर हुन्छ । यसलाई 'प्लांक लेन्थ’ भनिन्छ । यो भनेको एउटा प्रोटनभन्दा पनि कैयौं गुना सानो आकार  हो । समयबारे यही प्रश्न गर्दा जवाफ आउँछ, ‘एउटा फोटनलाई (स्मरण रहोस् फोटनको गति प्रकाशको गति हो) ‘प्लांक लेन्थ’ को दूरी पार गर्न जति समय लाग्छ, त्यै नै समयको सबैभन्दा सानो यूनिट हो । यसको ‘भ्याल्यू’ ५.३९ x १०कोघाट माइनस ४४  सेकेण्ड  हुन आउँछ । निर्वातमा (VACUME) प्रकाशको गति प्लांक दुरी /प्लांक समयबाट सजिलै बुझ्न सकिन्छ । गणना  गरी हेर्नुस्। जबाब २९९७९२ आयो भने तपाईं को गणना ठीक हो।

ब्रह्माण्डाको अपार विस्तारभित्र सूक्ष्मताको यो अवलोकन मानवताका लागि नयाँ दृष्टि हो, यस नयाँ दृष्टिले मनुष्यको प्रज्ञालाई असीमितभित्र सीमितको  र सीमितभित्र असीमितको संज्ञान लिने एवं  संघान गर्ने संभावना प्रदान गरेको छ ।

हाम्रो पृथ्वीलाई सामान्य आकारको एउटा बल सदृश्य कल्पना गर्ने हो भने वृहस्पति ग्रह त्यो बल भन्दा ठूलो बल हो । वृहस्पतिको तुलनामा सूर्य त्यो भन्दा पनि ठूलो बल हो । अहिलेसम्म ज्ञात आकाशीय पिण्डहरुमा भीबाई कैनिस मेजोरिस (VY CANis MAJoRiS) सबैभन्दा ठूलो बल हो । यो हाम्रो पृथ्वीभन्दा ३९०० प्रकाशवर्ष टाढा अवस्थित रहेको छ । यसको विशालताको कल्पना सजिलै गर्न सकिन्छ । प्रकाशको गतिले हिँड्दा १ सेकेण्डमा पृथ्वीको ७ फन्को लाउन सकिन्छ भने यसै गतिले सूर्यको एक फन्को लाउन १४.५ सेकेण्डको समय लाग्छ । भीबाई कैनिसको एउटा परिक्रमा पूरा गर्न प्रकाशको गतिलाई २१६०० सेकेण्डको समय लाग्छ ।

‘क्वाण्टम’ स्तरको यात्रामा मूल दुविधा प्रारम्भमै देखापर्छ, तपाईंले यात्रा कहाँबाट आरम्भ गर्ने, कुन दिशामा उन्मुख हुने ?  फेरि एकपटक 'क्वाण्टम'को कुनै दिशामा यात्रा थालेपछि तपाईं पुनः फर्केर आउन सक्नु हुन्न किनकि त्यहाँ 'टाइम'  र ‘स्पेश’को बाध्यताजन्य परिस्थिति हुन्छ। 

तपाईं ब्रह्माण्डमा दूरी, व्यापकता एवम् अनन्तताको आयाममा यात्रा गर्नु चाहनु हुन्छ भने यो जतिसुकै असम्भव भए पनि यसमा कुनै किसिमको अन्यौलता  देखा पर्दैन । अन्यौल, दुविधा र अनिश्चयात्मकता त त्यसबेला उत्पन्न हुन्छन्,  जब तपाईं हामीलाई ज्ञात  भएको सबैभन्दा साना कणको यात्रा  गर्न थाल्छौं।  त्यसबेला तपाईंलाई थाहा हुन्छ– ऋणांकका पछाडि पनि ‘यूनिभर्स’ उति नै व्यापक र अनन्त छ जति धनांकका अगाडि । एकका अगाडि अनन्त शून्य थपेर अनन्तसम्म गन्न सकिन्छ भने ऋण अंक पनि अनन्तसम्म गन्न सकिन्छ  ।

‘क्वाण्टम’ स्तरको यात्रामा मूल दुविधा प्रारम्भमै देखापर्छ, तपाईंले यात्रा कहाँबाट आरम्भ गर्ने, कुन दिशामा उन्मुख हुने ?  फेरि एकपटक 'क्वाण्टम'को कुनै दिशामा यात्रा थालेपछि तपाईं पुनः फर्केर आउन सक्नु हुन्न किनकि त्यहाँ 'टाइम'  र ‘स्पेश’को बाध्यताजन्य परिस्थिति हुन्छ। 

'थ्योरी अफ  एभ्रिथिङ्ग' विज्ञानको यस्तै परिकल्पना हो।  एकमेवो ब्रह्म द्वितियो नास्ति ... धर्मले त यो फार्मूला उहिल्यै अन्वेषण गरिसक्यो, विज्ञानलाई यहाँसम्म पुग्न अझै कति समय लाग्ने हो ?

हाम्रो जगतका  तीन ‘डायमेंशन’ र समयरुपी चौंथो ‘डायमेंशन’ले एक आपसमा संयुक्त भएर ‘जनरल रिलेटीभिटी’ र ‘क्वाण्टम थ्योरी’ बीच प्रतिस्पर्धा खडा गरेका छन् । यो ब्रह्माण्ड आलूबाट बनेको हो कि केराउका दाना मिलेर ? आलू र केराउमध्ये कसको अध्ययन कुन रीतिले गर्ने हो, जसले अर्काको विषयमा पनि स्पष्ट संज्ञान देओस् । के यो भौतिक विज्ञानको कुनै एउटा नियमबाट सम्भव छ ?

'थ्योरी अफ  एभ्रिथिङ्ग' विज्ञानको यस्तै परिकल्पना हो।  एकमेवो ब्रह्म द्वितियो नास्ति ... धर्मले त यो फार्मूला उहिल्यै अन्वेषण गरिसक्यो, विज्ञानलाई यहाँसम्म पुग्न अझै कति समय लाग्ने हो ? यसबारे यकीन साथ केही भन्ने सामर्थ्य कसैसंग छैन। तपाईं हाम्रो लागि 'एकमेवो ब्रह्म द्वितियो नास्ति' ( थ्योरी अफ एभ्रिथिङ्ग) आत्मसात गर्नुको अपेक्षा 'ब्रह्मसत्यम जगत माया' ( द वर्ल्ड इज नट रियल, वर्ल्ड इज ओनली सिमुलेशन - अनेकौं वैज्ञानिकको भनाइ) बुझ्नु नै सजिलो हुन्छ।

Title Photo: https://catholicgirlbloggin.files.wordpress.com

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।