आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आजबाट नाटकघर खुल्ने

बिहीबार, ०१ माघ २०७७, १४ : १२
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । कोरोनाको कारण विगत १० महिनादेखि बन्द रहेका नाटकघर आज बिहिबारबाट खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नाटकघर खोल्नका लागि अनुमति दिएका कारण स्वास्थ्य नियम पालना गर्दै नाटकघरहरु सञ्चालनमा आउन लागेका हुन् ।

नाटकघर सञ्चालन अनुमतिसँगै आज माघ १ गतेबाट बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ नाटक मन्चन हुँदैछ । साँझ ४ बजे नाटक मञ्चन हुने नाट्यकर्मी घिमिरे युवराजले बताए । त्यस्तै कौसी थिएटरको प्लेब्याक थिएटरमा शुक्रबारबाट साँझ ५ बजे ‘हराउँदै, भेटाउँदै’ नाटक मञ्चन हुँदैछ । उपत्यका बाहिरका नाटकघर मध्य विराटनगरको झोराहट थिएटरमा ‘कोरोना टाइम्स’ आइतबारबाट मञ्चन हुनेछ ।

अन्य विभिन्न नाटकघर समेत अब छिट्टै खुल्ने तरखरमा रहेका छन् ।  बुधबार थिएटर हबले एक विज्ञप्ति जारी गर्दै नाटक हेर्नका लागि सुरक्षाको मापदण्ड समेत तोकेको छ । जसमा नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने, माक्स नलगाएको खण्डमा नाटक हेर्नबाट बन्चित गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप