आजबाट नाटकघर खुल्ने
![आजबाट नाटकघर खुल्ने](https://rpcdn.ratopati.com/media/albums/natak_iKodQTGBpy.jpg)
काठमाडौं । कोरोनाको कारण विगत १० महिनादेखि बन्द रहेका नाटकघर आज बिहिबारबाट खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नाटकघर खोल्नका लागि अनुमति दिएका कारण स्वास्थ्य नियम पालना गर्दै नाटकघरहरु सञ्चालनमा आउन लागेका हुन् ।
नाटकघर सञ्चालन अनुमतिसँगै आज माघ १ गतेबाट बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ नाटक मन्चन हुँदैछ । साँझ ४ बजे नाटक मञ्चन हुने नाट्यकर्मी घिमिरे युवराजले बताए । त्यस्तै कौसी थिएटरको प्लेब्याक थिएटरमा शुक्रबारबाट साँझ ५ बजे ‘हराउँदै, भेटाउँदै’ नाटक मञ्चन हुँदैछ । उपत्यका बाहिरका नाटकघर मध्य विराटनगरको झोराहट थिएटरमा ‘कोरोना टाइम्स’ आइतबारबाट मञ्चन हुनेछ ।
अन्य विभिन्न नाटकघर समेत अब छिट्टै खुल्ने तरखरमा रहेका छन् । बुधबार थिएटर हबले एक विज्ञप्ति जारी गर्दै नाटक हेर्नका लागि सुरक्षाको मापदण्ड समेत तोकेको छ । जसमा नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने, माक्स नलगाएको खण्डमा नाटक हेर्नबाट बन्चित गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या