बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कौन बनेगा करोडपति’  मा देखिने छैनन् अमिताभ ! भने, ‘थाकिसकेको छु, अवकाश लिँदैछु’

बिहीबार, ०१ माघ २०७७, १३ : ५६
बिहीबार, ०१ माघ २०७७

के अमिताभ बच्चन कौन बनेगा करोडपतिबाट अलग्गिँदै छन् ? उनको यो ब्लग पोस्टबाट धेरैले यहि अनुमान लगाइरहेका छन् । वास्तवमा कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको छ र बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यो मौकामा अमिताभ बच्चनले एक ब्लग पोस्ट लेखेर यसबारे जानकारी दिएका हुन् ।

अमिताभले लेखेका छन्, ‘... म थाकिसकेको छु र रिटायर भइरहेको छु... म माफी चाहन्छु...केबीसीको सुटिङको यो अन्तिम दिन निकै लामो थियो...भोलिसम्म ठिक हुनेछु... । तर यो याद राख्नुहोस् कि काम त काम नै हुन्छ । कुनै एक व्यक्ति हटेपछि पनि त्यसलाई पूरा गम्भीरताकाम साथ निरन्तरता दिनुपर्छ ।’

उनले थपे, ‘तपाईंहरु सबैको स्नेह र प्रेमले सुटिङको अन्तिम दिन एक विदाईजस्तै बन्यो । त्यहाँ सबै एकसाथ जम्मा हुन्छन् । पूरा टिम असाध्यै प्यारा, केयरिङ र मिहिनेती थियो । यी सबैले हामीलाई सेटबाट टाढा बस्न मुश्किल गरिदिन्छ । अन्त्यमा पूरा समूह एक साथ बिताइएको महिनौंको समय र एक–एक कोसिकालाई याद गर्न जुटेको थियो ।’

उनले अन्त्यमा लेखे, ‘पूरा टिमलाई यति प्रेम, केयर र राम्रो व्यवहारका लागि मेरो तर्फबाट मुरीमुरी धन्यवाद । यो समाप्त हुँदैछ र सबैजना भावुक पनि भइरहेका छन् तर अर्को बिहानी आउँदैछ ।’

स्मरण रहोस्, गत वर्ष अगस्टमा कोभिड–१९ बाट निको भएपछि बीग बीले केबीसी सिजनको सुटिङ सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप