परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान
बिहीबार, ०१ माघ २०७७, १२ : ४७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री ज्ञवाली बिहीबार भारत प्रस्थान गरेका हुन् । मन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी रहेका छन् ।
मन्त्री ज्ञवाली भारतमा ३ दिनसम्म चल्ने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने जनाइएको छ । मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । आयोगको बैठकमा भने नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका