टेको लगाएको दरबारमा फूलपाती भित्र्याइयो (फोटोफिचर)
काठमाडौं– हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको सातौ दिन बुधबार गोरखाबाट ल्याइएको फूलपाती भूकम्पले भत्किएर टेको लगाइएको हनुमान ढोका दरबारमा भित्र्याइएको छ । गोर्खा दरबारको दशैं घरबाट ल्याईएको फूलपाती विधिपूर्वक बसन्तपुरको हनुमानढोकास्थित दशैं घरमा भित्र्याइएको हो ।
गोर्खाबाट ल्याइएको फूलपातीलाई हनुमानढोकाबाट हर्षबढाईँका साथ गएको लावालस्करद्वारा जमल पुगी बाजागाजासहित पाल्कीमा ल्याइएको फूलपाती दशैंघरमा पुर्याई भित्र्याइएको हो । दरबारिया प्रचलनअनुसार नै फूलपाती लिन जाने लावालस्करमा नेपाली सेनाको टोली गएको थियो ।
सैनिक व्याण्ड, शार्दुलजंग गुल्म, पञ्चैबाजा, सिंगारिएका कल्स्यौली, गुरुज्युको पल्टन, विभिन्न सांस्कृति झल्कने नाचगान टोली, गुठी संस्थानका पदाधिकारी, निजामती कर्मचारी, नेपाल प्रहरी सम्मिलित टोली फूलपाती भित्र्याउन पुगेको थियो ।
गोर्खा दशै घरबाट ल्याईएको फुलपातीलाई धादिङ्गको छत्रेदेउरालीबाट भने हनुमानढोका दरबार हेरचाह अड्डाबाट गएको टोलीले लिएर आउने गर्छन् । सो फूलपाती जमल ल्याइपुर्याएपछि लावालस्करसहित दशैंघर पुर्याउने दरबारिया प्रचलन नै हो ।
केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बोट, हलेदो, माने, कचुर, अशोकका पात आदिका नयाँ पालुवाहरुलाई फूलपातीका रुपमा शुभसाइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं घरमा विधिपुर्वक भित्र्याउने धार्मिक प्रचलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते