शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको डरले यहाँको सरकाले यौनबारे जारी गर्यो अचम्मको गाइडलाइन्स

बिहीबार, ०१ माघ २०७७, ११ : २३
बिहीबार, ०१ माघ २०७७

कोरोनाभाइरसको संकटकालमा स्वास्थ्य विज्ञले हरेक ती तरिका अपनाइरहेका छन् जसले संक्रमणको खतरा कम गर्न सकियोस् । संसारका विभिन्न देशजस्तै अष्ट्रेलियामा पनि यो विषयमा विभिन्न कानून बनाइएका छन् । सार्वजनिक स्थलमा कम्तिमा डेढ मिटरको दुरी, ह्यान्डवास वा पार्टनरलाई पिठ्युबाट अँगालो हाल्नेजस्ता कुरामा जोड दिइएको छ । यसैबीच अष्ट्रेलियाको हेल्थ अथोरिटी बेडरुममा जोडीका लागि एक निकै अचम्मको कोभिड सेफ्टी गाइडलाइन्सका कारण चर्चामा छ ।

न्यू साउथ वेल्स (एनएसडब्ल्यू) को हेल्थ वेबसाइटमा ‘प्लेसेफ’ को सुझाव देखेपछि धेरै मानिसहरु आफ्नो टाउको समातिरहेका छन् । कोरोनाबाट बच्नका लागि मानिसहरुलाई सेक्सको क्रममा डेढ मिटरको दुरी बनाउन सिफारिस गरिएको छ । बेडरुममा पार्टनरसँग शारीरिक सम्बन्ध स्थापित बनाउने बेला समाजिक दुरी बनाउन पनि सल्लाह दिइएको छ ।

हद त त्यतिबेला भयो जब सुरक्षित रहनका लागि मानिसहरुलाई सोलो सेक्ससम्मको सल्लाह दिइयो । नयाँ गाइडलाइनका अनुसार तपाईंसँग पहिलादेखि नै भइरहेका व्यक्तिसँग इन्टिमेट भइरहनुभएको छ भने तपाईंले चिन्ता गर्नुपर्दैन । यद्यपि, जो मानिसहरु क्याजुअल सेक्स गरिरहेका छन्, उनीहरुका लागि विज्ञले केही सिफारिश गरेका छन् ।

वेबसाइटका अनुसार कुनै बाहिरी व्यक्तिसँग शारीरिक सम्बन्ध स्थापित गर्नु अहिले पनि जोखिमयुक्त छ र डेढ मिटरको सामाजिक दुरीका कारण यस्तो नगर्न सल्लाह दिइएको छ । कोभिड–१९ को संकटकालमा ‘सोलो सेक्स’ लाई नै सबैभन्दा सुरक्षित तरिका मानिएको छ ।

जबकी स्वास्थ्य विज्ञको यो सिफारिश विरोधाभास पनि पैदा गर्छ । वास्तवमा एनएसडब्ल्यू हेल्थ अथोरिटी तपाईंसँग पार्टनरको अगाडि निश्चित दुरी बनाउँदै आफ्नो यौन सन्तुष्टि पूरा गर्न सिफारिस पनि गर्छ ।

विशेषज्ञका अनुसार यस्तो गर्दा कोभिड–१९ मात्रै नभई यौनजन्य रोगको खतरा पनि कम हुनेछ । साथै, यसलाई जन्मदर कम गर्ने रुपमा पनि देखिएको छ ।

स्मरण रहोस्, अहिलेसम्म वीर्य वा भेजाइनल फ्लूडको माध्यमले कोभिड–१९ को संक्रमण फैलने कुनै प्रमाण भेटिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप