डब्ल्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट ५० देशसम्म पुग्यो’
विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने बताएको छ । यसको परीक्षण हुनुपर्ने आवश्यक रहेको बताएको छ ।
संगठनका अनुसार कोरोनाभाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । ठूलो परिमाणमा यो फैलनुको अर्थ यसको थप भेरियन्ट आउन सक्छ । यही भाइरस कोरोनाको कारण बन्ने गर्छ । बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्ट्रेनको केस सार्वजनिक भएको थियो । यसलाई VOC 202012/01 नाम दिइएको छ ।
यसको परक्षणको नतिजाबाट थाहा हुन्छ कि यो हरेक उमेर र लिङ्गका मानिसहरुमा एकै किसिमले फैलने गर्छ । यद्यपि, कन्ट्याक्ट ट्रेसिङबाट सार्वजनिक भए अनुसार यसको फैलने दर समान्य भाइरसभन्दा बढी छ । यस्तै पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट अब २० देशमा पाइएको छ ।
‘दुबै भेरियन्टलाई कम गरेर आँकलन गरिएको छ’
डब्ल्यूएचओको साप्ताहिक रिपोर्टमा बताइए अनुसार दक्षिण अफ्रिकामा चलिरहेको सुरुवाती अनुसन्धानबाट यो सम्भव छ कि 501Y.V2 भेरियन्ट पहिलाको तुलनामा थप फैलने किसिमको छ । यसबाहेक यो नयाँ भेरियन्ट थप गम्भीर बिरामीको कारण बन्न सक्दैन । यद्यपि, नयाँ केसको संख्या तीब्र रुपमा बढ्ने कारण स्वास्थ्य प्रणालीमा दबाब पर्ने गर्छ । डब्ल्यूएचओले दुबै भेरियन्टलाई संसारमा फैलावटको कम गरेर आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ