आज माघ महिनाको पहिलो दिन तपाईंका लागि कति फलदायी ?
वि.सं. २०७७ साल माघ ०१ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा, ०६ घडी १२ पला, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण, ५८ घडी ११ पला । योग–बज्र, ४१ घडी १६ पला, बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त सिद्धि । करण–बव, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त बालव, बेलुकी ०९ बजेर ०७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर ।
काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला ।
चन्द्रोदय । माघसङ्क्रान्ति, माघीपर्व । उत्तरायणारम्भ । देवघाटमा मकरस्नान सुरु, वराहक्षेत्र, शङ्कमूलादि तीर्थस्थलहरुमा मकर स्नान, घ्योचाक़ुसल्हुँ, रुरुरिडी क्षेत्रमा तीनदिने मेला । छन्त्याल जतिको पर्व । तेह्रथुम गौखुरीमेला । तोल लोसार।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) यात्रा गर्दा ध्यान दिनुहोला, लामो दूरीको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ । धार्मिक स्थल तथा मन्दिरतिर गई दर्शन गर्न सकिनेछ । पढाइलेखाइ तपार्ईं आफ्नै कारणले बिग्रने सम्भावना रहेको छ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) वादविवाद तथा झैझगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) जीवन साथीको सहयोगले नाफामूलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलाशी सामान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) खानपानमा विशेष ध्यान दिनुहोला, पेटसम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै एक अर्कबीच छुट्टिनुपर्दा मनमा खल्लोपन महसुस हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जन हुने योग रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुनसक्छ सजग रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छातीसम्वन्धी समस्या आउन सक्छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दूरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपललब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विभिन्न सभा समारोहमा सहभागी भई मीठोमसिनो भोजन ग्रहण गर्ने अवसर आए पनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेको छ तापनि होटल तथा रेस्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु खे, खो, गा, गी) कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछिपार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइलेखाइमा तपार्ईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।
तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी