शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा अत्याधिक चिसो, राजधानी बीचबाट बग्ने नदी नै जम्यो

बुधबार, २९ पुस २०७७, २३ : ५६
बुधबार, २९ पुस २०७७

एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलको बीचबाट बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ । दक्षिण कोरियामा यो वर्ष अत्याधिक चिसो महसुस गरिएसँगै राजधानी सिउल हुँदै बग्ने नदीमा बरफ जमेको हो । अहिले सिउल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला २ वर्षमा पहिलोपटक उक्त नदी जमेको हो ।

कोरियाली मौसम विभागका अनुसार मंगलबार अपरान्ह सिउलको तापक्रम माइनस १६ डिग्री रेकर्ड गरिएको छ । अत्याधिक चिसोका कारण सिउलको गेम्पो अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्य पाँच एयरपोर्टबाट उडान भर्ने २३ ओटा उडानहरु क्यान्सिल भएका छन् । पछिल्ला १० वर्षयता पहिलोपटक त्यहाँको तापक्रम माइनस १० डिग्रीभन्दा तल ओलिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप