
स्रोत नखुलेको ९ लाख २९ हजारसहित २ युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल लाईचेक जाँच गर्ने क्रममा बरियारपट्टि गाउँपालिका १ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर मियालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली रुपैंया ९ लाख ३९ हजार ९सय १५ सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्मा पैडेलले जानकारी दिए । पक्राउ परेका दुबैजनालाइ आवश्यक कारबाहीको लागि सम्पति शुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइने सूचना अधिकार डिएसपी शालिग्राम शर्मा पैडेलले बताए ।
दुई दिन अगाडि सिरहा प्रहरीले सिरहा नपा २१ लगडीगोठबाट खटिएको प्रहरीले चेक जाँचको क्रममा सिरहा नरपालिका २२ हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लख ८९ हजार हजार दरको नोट सहित नियन्त्रणमा लिएको थियो ।
कपडाको झोलामा बोकेर ल्याइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्मा पैडेलले जानकारी दिएको छ । उनीहरुले भारतीय बजारबाट नेपाली बैंकमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।
सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैंया नेपाली नागरिकको नाममा यतै विभिन्न बैंक तथा वितिय संस्थाहरुका खाता खोली एटिएमको माध्यमबाट भारतमा भारु रकम झिकेर सटही काउनटरको नाममा जम्मा गर्नेगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ