मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री थापा र ‘गुण्डा’ एउटै मञ्चमा !

बुधबार, २९ पुस २०७७, २२ : ३७
बुधबार, २९ पुस २०७७

काठमाडौं । सिन्धुली घर भएका पुष्पराज श्रेष्ठ । उनी गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका हुन् । प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार उनले एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् ।
चितवनका रामबहादुर थापा ‘बादल’ । जनयुद्ध लडेर नेतृत्वमा स्थापित उनी करिब ३ बर्षदेखि गृहमन्त्रीको कुर्सीमा छन् ।

गुण्डा र जाली–फटाहालाई कानुनी दायरामा ल्याउने भूमिकामा छन् । तर, तिनै ‘बादल’सँग गुण्डागर्दी पृष्ठभूमिका पुष्पराज श्रेष्ठले सार्वजनिक मञ्च सेयर गरेका छन् । मंगलबार ललितपुरमा आयोजित खेलकुद महासंघको कार्यक्रममा पुष्पराज गृहमन्त्रीसँगै मञ्चमा ‘अतिथि’को आसनमा बसेका हुन् ।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै आफ्ना कर्तुतबाट चोखिन पुष्प माओवादीमा छिरेका थिए । योङ कम्युनिष्ट लिग (वाइसिएल) को केन्द्रीय सदस्य हुँदै उनी पछिल्लो समय नेकपा निकट युवा संघ सिन्धुलीको सह–ईन्चार्ज बनेका थिए । ठेक्कापट्टा, असुली र गुण्डागर्दीमा संलग्न रहेको आरोप लाग्ने गरेका पुष्पराज पछिल्लो समय गृहमन्त्रीको सचिवालयमा कार्यरत युवा संघका नेता बिरु तामाङमार्फत बादलसँग नजिकिएको बताइएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै केपी ओली प्यानलमा लागेका छन् । सरकार पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित देखेपछि उनी सो समूहमा लागेको नेकपा सिन्धुलीका एक नेताले रातोपाटीलाई बताए ।

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप