शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भौतिक संरचना मात्रले खेलको विकास हुँदैन : संयोजक पौडेल

बुधबार, २९ पुस २०७७, २२ : ३८
बुधबार, २९ पुस २०७७

सिरहा । नेपाल खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भौतिक संरचना मात्र निर्माण गरेर खेलकुदको विकास नहुने भएकोले खेलाडीमै भरपूर रुपमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

सिरहाको गोलबजारमा आयोजित २० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्दै संयोजक पौडेलले खेलकुदको विकासको लागि प्रदेश, स्थानीय तहले पनि नीति निर्माण गर्न सक्ने व्यवस्था भएकाले खेलतर्फ बढी ध्यान दिन अनुरोध गरे ।

पछिल्ला दिनहरुमा राज्यको खेलप्रति उदासीनताका कारण अन्तराष्ट्रिय खेलहरुमा नेपाली खेलाडीहरुको सहभागिता रहेपनि उत्साहजनक अवस्था नरहेको उनको दुखेसो थियो । धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट खेलप्रेमी साथीहरुले पुष्पलालले राष्ट्रको निम्ति गरेका योगदानको बारेमा धारणा बनाउँदै खेलेको खेलमा उतार्नुपर्ने  बताउनुपर्ने वताए ।

गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजना तथा नेपाल व्याडमिन्ट संघ र गोलबजार व्याण्डमिन्टन क्लवको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । १० वटा इभेन्टको लागि प्रति इभेन्ट्स प्रथम, दितीय तथा तृतीयलाई क्रमशः २० हजार १५ हजार र १० हजार गरी करिव ५ लाख ९३ हजार पुरस्कार रासी खर्चिने आयोजकले जनाएको छ ।

दुई सय ८५ प्रतियोगीहरुको सहभागिता रहने उक्त खेलमा आज पहिलो दिन ६६ वटा खेललाई प्रतिस्पर्धा गराइएको थियो भने दोस्रो, तेस्रो, चौथो तथा अन्तिम दिन क्रमशः ८७, ८५, ३८ र ९ वटा खेल खेलाईने जनाइएको छ । खेलको नेपाल टेलिभिजन ईटहरीले प्रत्यक्ष प्रसारण गरेका थिए । गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहको अध्यक्षतामा उद्घाटन कायक्रम सम्पन्न भएको थियो ।

गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजना र नेपाल व्याडमिन्ट संघ र गोलबजार व्याण्डमिन्टन क्लवको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप