
हेमकृष्ण कुमारी प्रधान स्मृति पुरस्कारबाट रातोपाटीकर्मी यादव पुरस्कृत
यस वर्षको ‘हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार’बाट रातोपाटीकर्मी मीना कुमारी यादव पुरस्कृत भएकी छिन् । नेपाल पत्रकार महासंघ दोलखाको नवौं अधिवेशन तथा दशौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमका बीच यादवलाई २५ हजार राशिको पुस्कार प्रदान गरिएको हो ।
हेमकृष्ण कुमारी प्रधान स्मृति महिला पुरस्कार पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ कानुन व्यवसायी मुक्तिनारायण प्रधान, उनकी जेठी भाउजु भगवती प्रधान, भाइ उपेन्द्र प्रधान र परिवारले स्वर्गीय आमा हेमकृष्ण कुमारीको स्मृतिमा स्थापना गरेका हुन् ।
२०७१ सालमा स्थापना गरिएको पुरस्कार पत्रकारिता क्षेत्रमा राष्ट्रिय रुपमा र दोलखा जिल्ला सक्रिय महिला पत्रकारलाई दिइँदै आएको छ ।
यस्तै सोही अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको विभिन्न विधाको पुरस्कारबाट रवीन्द्र गौतम, नवराज सिवाकोटी, केदार सिवाकोटी, सिर्जना गोले, विमल बुढाथोकी पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्माले वर्तमान राजनीतिक परिस्थिति प्रतिगमनतर्फ गएको औंल्याउँदै यसका विरुद्ध पत्रकार खरो रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले प्रतिगमलाई कुनै पनि हालतमा साथ दिन नसकिने आफू एक्लै भएपनि लडिरहन तयार भएको बताए ।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता प्रधान, प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटी, भीमेश्वर नगरपालिकाका मयर भरत केसी, सञ्चारमन्त्रीका प्रेस विज्ञ राजेन्द्र मानन्धर, रेडियाो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियन बागमती विशेष क्षेत्रीय संयोजक रमेश खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ