धर्मेन्द्रलाई घेरा हाल्दा प्रकाण्ड ‘मिस’
काठमाडौं । विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो । बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे । महानगरीय प्रहरी कार्यालयमा नेताको लोकेशन खुल्नासाथ अप्रेशन चलाउनेगरी अर्को टोली ‘स्ट्याण्डबाई’ राखिएको थियो ।
तर, रेकी गर्न गएकै टोलीको पञ्जामा परे धर्मेन्द्र बास्तोला । चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव समुहका नेता कार्यकर्ता । प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे । भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ।’
नेत्रविक्रम चन्द ‘विप्लव’ पछि दोस्रो बरियतामा रहेका प्रकाण्ड अप्रेशनको क्रममा ‘मिस’ भएर फुत्किएको अप्रेशनमा सहभागी एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए । प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन पनि प्रहरीको घेरा तोडेर भागेका छन् । प्रहरीले घेरा हालेर रोकेको दुईवटा मोटरसाईकलमा सवार मध्येका विद्यार्थी नेता अनिल शाही पनि भागेका छन् ।
तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई पक्रेर प्रहरीले काठमाडौं ल्याएको छ । पुरानो मुद्दाको रेकर्ड भएको प्रहरी कार्यालयमा राखेर धर्मेन्द्रमाथि थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
