आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रक्रिया कार्य तत्काल स्थगित गर्न जसपा र प्रचण्ड-नेपाल पक्षको चेतावनी

बुधबार, २९ पुस २०७७, २१ : १७
बुधबार, २९ पुस २०७७

महोत्तरी । प्रतिनिधिसभा विघटन पश्चात् प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले बोलाएको बैठक आन्दोलनरत्त पक्षले बहिष्कार गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन  रहेको अवस्थामा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी बारे डाकेको बैठक नेकपा प्रचण्ड(माधव समूह र जनता समाजवादी पार्टी नेपालले बैठक बहिष्कार गरेको हो ।

संसद पुर्नस्थापन वा विघटन बारे स्पष्ट फैसला नआएसम्म निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन भन्दै बैठक बहिष्कार गरिएको नेकपा महोत्तरीका इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य राजु खड्काले बताए ।

उनले भने( निर्वाचनका लागि बैठक बोलाउनु नै असंवैधानीक प्रक्रिया हो । उनले अघि थप्दै भने( सर्वोच्च अदालतको फैसलालाई प्रभावित बनाउन निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढाइयोस् । यदि निर्वाचन प्रक्रिया अघि बढाइरहदा जिल्ला निर्वाचन कार्यालय महोत्तरीलाई निर्वाचन सम्बन्धि कार्य नरोकेमा तालाबन्दी गर्ने जसपा र नेकपाले चेतावनी समेत दिए ।

मतदान केन्द्रको पुनरालोकनका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले राजनितिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुलाई बैठकमा सहभागी हुनका लागि  बोलाइएको जानकारी बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुरकुमार कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप