शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही डेरी व्यवसायीको अध्यक्षमा भण्डारी निर्वाचित

बुधबार, २९ पुस २०७७, २१ : १२
बुधबार, २९ पुस २०७७

बुटवल । रुपन्देही डेरी व्यवसायी समिति रुपन्देहीको नवौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन  आज  बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनबाट  आगामी कार्यकालको लागि गणेशसिंह भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद उपाध्यया, सचिवमा पदम प्रसाद पौडेल, सह सचिवमा विष्णु प्रसाद पाण्डेय, कोषाध्यक्षमा संजोग श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमाा पिताम्बर भण्डारी, विनोद प्रसाद बस्याल,  कृष्ण प्रसाद पन्त, दिपक पाण्डे, गोविन्द गुरुङ्ग र उमा शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।यस्तै यम प्रसाद शर्मा रहेको लेखा समिति सदस्इमा रमा ज्ञवाली र जिवलाल न्यौपाने चयन भएका छन् ।

साधारण सभा तथा अधिवेसनमा बोल्दै रुपन्देही डेरी व्यवसायी संघका संस्थापक अध्यक्ष  भुवनेश्वर न्यौपाने  दुधको विविधिकरणमा जोड दिए । भने प्रदेश अध्यक्ष कृष्ण प्रसाद भटराईले डेरी व्यवसायी समस्या सरकार कुनै पनि ध्यान नदिएको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप