शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा माघीको रौनक (फोटोफिचर)

बुधबार, २९ पुस २०७७, २० : ३५
बुधबार, २९ पुस २०७७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको निवासमा आज भव्य रुपमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ । गतवर्ष जस्तै बुधवार प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा माघी मिलन कार्यक्रम मनाइएको हो । कार्यक्रममा बिभिन्न जातजातिको मौलिक नाचका प्रस्तुति र थारु खानाको व्यवस्था गरिएको थियो ।

लुम्बिनी प्रदेशका तराई जिल्लाहरुमा थारु समुदायको बाक्लो बस्ती भएका कारण  प्रदेश सरकारले बिहीबार र शुक्रबार सार्वजिनिक विदा दिने निर्णय गरेको छ । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले माघ र माघी पर्व  लुम्बिनी प्रदेशको साँस्कृतिक विशेषता भएको उल्लेख गरे । उनले चाडपर्व कोरोना महामारीबाट जोगिने हिसाबले मनाउन आग्रह गरे ।

लुम्बिनी प्रदेशमा साँस्कृतिक विभिदता रहेको बताउँदै यहाँ भएका साँस्कृतिक झलकहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिने बताए । उनले गाउँमा होमस्टेको विकास गरी हिल स्टेसनका रुपमा विकास गर्ने योजना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप