बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले आफु हार्ने चुनाव गर्दैनन्ः बाबुराम भट्टराई

बुधबार, २९ पुस २०७७, १८ : ३०
बुधबार, २९ पुस २०७७

पोखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हार्ने चुनाव नगर्ने बताएका छन् । नेता भट्टराईले ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने दाबी गरे । उनले ओलीको हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्नेमा जोड दिए । नेता भट्टराईले ‘जनता समाजवादी पार्टी सानै भए पनि जिरे खुर्सानी छ’ भन्ने ओलीले बुझेको बताए । 

संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाए । नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने संकेत गर्दै भने– ‘यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखिएको छ, प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, तर उनी तयार छैनन् ।’

उनले प्रधानमन्त्री ओली प्रवृतिलाई पकेट मार प्रवृत्तिको संज्ञा समेत दिए । प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी समेत उनले दिए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरे ।  पोखराको मानवअधिकार चोकबाट निस्केको विरोध र्‍याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप