महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

महोत्तरी । महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि शुरु भएको हो ।
त्यसैगरी आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताए । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सय जनाको विवरण सङ्कलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
-
सूर्यग्रहण लाग्ने दिन चैत १६ मा शनिग्रह विशेष पूजा हुने
-
भारतीयको रोजाइमा नेपाली हस्तकला र विजयसालका भाँडा
-
पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए