
४० हजारले पाए ५० अर्ब पुनर्कर्जा

काठमाडौं । सरकारले प्रदान गर्ने पुनर्कर्जा हालसम्म ४० हजार ९ सय ८३ जना ऋणीले पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको पाँच महिनाको प्रतिवेदन अनुसार पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गर्ने पुनरकर्जा २०७७ मंसिर मसान्तसम्ममा ४० हजार ९ सय ८३ ऋणीलाई ५० अर्ब ७ करोड स्वीकृत गरेको छ ।
त्यसैगरी, ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनरकर्जा १ सय ५१ व्यावसायिक फर्महरुलाई २० अर्ब ७१ करोड स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा ५२ हजार ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैकले जनाएको छ । यसका लागि ८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको .६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २ सय ४१ ऋणीको १७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको छ । २०७७ मंसिर मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा २४ अर्ब ११ करोड लगानीमा रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ