३१ वर्षको पर्खाइपछि बल्ल सडकः स्थानीयवासी खुशी
प्युठान । प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।
आर्थिक वर्ष २०७५/०७६ र आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५/७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव २०७६/७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको श्रेष्ठले बताए । सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७५/७६ मा रु २१ लाख ३१ हजार र आव २०७६/७७ मा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो । धेरै पटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढङ्गले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरुपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताए ।
लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करीब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताए । सडक निर्माणले विजयनगरसँगै विजुवार क्षेत्रका केही जनता र दाखाक्वाडी क्षेत्रका केही जनता पनि प्रत्यक्ष लाभान्वित भएको उनले बताए । विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररुपमा सवारी साधन चल्ने हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको उनको भनाइ छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको उनले बताए ।
यस क्षेत्रमा सडक नहुनु र भए पनि साँघुरो हुँदा वर्षेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए । “सडक नहुँदा स्थानीयवासीलाई आवातजावत गर्नसमेत समस्या थियो”, स्थानीयवासी तिलबहादुर घर्तीले भने, “लामो प्रतीक्षापछि सडक बन्यो अब समस्या हल हुने विश्वास लिएको छु ।” सडक बनेसँगै स्थानीयवासी खुशी भएको उनले बताए । सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप
-
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
-
युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन
-
बैशाखमा १९मा पुग्यो ‘झिल्को’
-
अमेरिकामा जाकिर हुसैनको अन्तिम संस्कार सम्पन्न