शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धामीझाँक्रीका नाममा तातो पन्युले डामेर एक जनाको हत्या

बुधबार, २९ पुस २०७७, १६ : ४२
बुधबार, २९ पुस २०७७

गुल्मी । गुल्मीमा झारफुकका नाममा एक जनाको हत्या भएको छ । कथित धामीझाँक्रीले तातो पन्युले डामेर इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम तम्घासको उदिनढुंगा तीनधाराको एकान्त स्थानमा धामी काम गर्दै आएका ३८ वर्षीय रामबहादुर श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षीय शान्ति श्रेष्ठले तातो पन्युले डामेर रामबहादुरको हत्या गरेका हुन् । श्रेष्ठ दम्पती तम्घास ओख्रेनी निवासी हुन् ।

ढाड दुख्ने समस्याका कारण धामीलाई हेराउन आएका रामबहादुरको आज बिहान ८ बजे ज्यान लिएको भन्दै जाहेरी परेपछि कथित झारफुक गर्दै आएका श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविण श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप