शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार दोहोरो अंकले बढ्यो, दोस्रो त्रैमासको ‘सुखद’ बिदाइ

बुधबार, २९ पुस २०७७, १५ : ५७
बुधबार, २९ पुस २०७७

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन बुधबार नेप्से परिसूचक १८.८१ अंकले बढेर २ हजार २ सय ८६ दशमलब ५४ विन्दुमा पुगेको हो । यो दिन कुल ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

बुधबार बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएकोमा १ सय २९ कम्पनीको सेयरमूल्य बढेको छ । ३८ कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । मजरामा रहेका १२ वटा उपसूचकमध्ये वाणिज्य बैंक र होटल समूहका उपसूचक बाहेक अरु सबै उपसूचकहरु बढेका छन् । 

बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मल्टिपल फिनान्स कम्पनीले भने सर्वाधिक ४.७१ प्रतिशत सेयरमूल्य गुमाएको छ । 

बुधबारको कारोबार पछि नेप्सेको बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप