शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको बार्षिक साधारण सभाले पारित गर्यो १६.२% नगद लाभांश, अधिकृत पुँजी २० अर्ब

बुधबार, २९ पुस २०७७, १५ : ४९
बुधबार, २९ पुस २०७७

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । उक्त सभाले बैंकको अधिकृत पुँजी १६ अर्बबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल प्रविधिमार्फत सभा संचालन गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप