चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन् । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएका हुन् ।
महानिर्देशक गेबरियसले भनेका छन्– ‘मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा