शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दी सिरियल ‘अलादिन’मा नेपाली निरिषा

बुधबार, २९ पुस २०७७, १३ : ४२
बुधबार, २९ पुस २०७७

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेतको हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा अभिनय रहने भएको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल अभिनयका लागि उनी हालै अनुबन्धित भएकी हुन् ।
मुम्बईलाई कर्मथलो बनाउदै आएकी उनी यस अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि देखिएकी थिइन् । लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’मा समेत केमियो भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनको चिनियाँ युवतीको गेटअफ रहेको थियो ।

स्वदेशमा भने उनले फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । केही पहिले प्रदर्शनमा आएको फिल्मले व्यवसायिक लाभ भने उठाउन सकेन ।
फिल्म ‘अलादिनः नाम तो सुना होगा’को अहिले सुटिङ भइरहेकोछ । सिरियलमा बस्नेतको नेगेटिभि भूमिका रहेको छ । सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।

राम्रो ब्यानर र स्क्रिप्टबाट प्रस्ताव आए नेपाली फिल्म अभिनय निरन्तरता दिने सोचमा रहेकी बस्नेत पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनय अभिलासाले मुम्बईमा संघर्ष गरिरहेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप