शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि चीनका चार शहरमा लकडाउन

बुधबार, २९ पुस २०७७, १३ : ३७
बुधबार, २९ पुस २०७७

एजेन्सी । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै भेटिएका छन् । यद्यपि, उत्तरपूर्वी चीनको प्रान्तमा पनि नयाँ संक्रमण वृद्धी भएको देखिएको छ । भाइरसको अर्को लहर आउनसक्ने भयपछि चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा छन् ।  

नेशनल हेल्थ कमिसनकाअनुसार मेनल्यान्ड चाइनामा कुल १ सय १५ वटा नयाँ संक्रमणका घटना देखिएका छन् । ३० जुलाईपछि सर्वाधिक यति धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । कमिसनका अनुसार नयाँ संक्रमणमध्ये १ सय ७ वटा घटना स्थानीय संक्रमणका हुन् । बेइजिङ नजिकैको हिवेई प्रान्तमा ९० र हेइलङजियाङ प्रान्तमा १६ वटा नयाँ केश दर्ज भएका छन् ।

विश्व स्वास्थ संगठनका अनुसन्धानकर्ताहरुको टोली कोरोनाको उद्गम थलो खोज्ने क्रममा चीनको उहान सहर आउने तय भएका बेला संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । उहानमा २०१९ मा पहिलोपटक कोभिड १९ देखिएको थियो । 

रोकथामको उपाय 
हिवेईस्थित तीन शहरहरु सिजियाजुआङ, सिङताई र ल्याङफाङ लकडाउनमा छन् । भाइरसलाई थप फैलनबाट रोक्नका लागि शहरलाई लकडाउन गरिएको हा । हेइलोङजियाङ प्राप्तमा बुधबार कोभिड १९ आपतकाल घोषणा भएको छ । सुईहुवा शहरमा ५२ लाख जनसंख्या लकडाउनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप