मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दस वर्षदेखिको सपना

अंशिका शर्मा, मिस युनिभर्स नेपाल
बुधबार, २९ पुस २०७७, १३ : ३६
बुधबार, २९ पुस २०७७

अंशिका शर्मा अहिले चर्चामा छिन् । ‘मिस युनिभर्स नेपाल २०२०’ की शीर्ष उपाधि विजेता बनेपछि उनी चर्चाको केन्द्र बनेकी हुन् । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएकी २४ वर्षीय शर्माले उपाधिसँगै ‘मिस युनिभर्स २०२१’ को मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौकासमेत हासिल गरेकी छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस युनिभर्स’ को मञ्चमा नेपाललाई उत्कृष्ट रूपमा कसरी चिनाउने र शीर्ष उपाधि कसरी कब्जा गर्ने भन्ने विषयमा अहिले उनले आफ्नो ध्यान केन्द्रित गरिरहेकी छन् । त्यसका लागि प्रशिक्षणका साथै विभिन्न तयारीमा उनको अहिले समय बित्ने गरेको छ ।

हुन त नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’ श्रेष्ठ मानिन्छ । तर पनि उनको रोजाइमा किन ‘मिस युनिभर्स नेपाल’ प-यो ? ‘मिस युनिभर्स नेपाल’ र अन्तर्राष्ट्रिय ‘मिस युनिभर्स’का लागि उनले गरिरहेको तयारी लगायतका विषय उनीसँग गरिएको कुराकानी उनकै शब्दमा ।

दस वर्षदेखिको सपना

ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्रालिद्वाराले पहिलो पटक ‘मिस युनिभर्स नेपाल’ आयोजना गरेको हो । पहिलो कार्यक्रममा नै आफूले शीर्ष उपाधि जित्दा एकदमै खुसी छु । १० वर्षदेखि मैले देखेको सपना अहिले पूरा भएको छ । मिहिनेत त धेरै गरेको थिएँ । मिहिनेतअनुसारको फल पनि मिल्यो ।

सानैदेखि ‘मिस युनिभर्स’ जाने सपना थियो मेरो । त्यसैले नियमित प्रतियोगिता फलोसमेत गर्दर्थे । एक दिन त्यसमा सहभागी हुन्छु भन्ने सोच्थेँ । अहिले त्यो दिन आयो । ‘मिस युनिभर्स नेपाल’ मा सहभागी भएको पनि ‘मिस युनिभर्स’का लागि हो ।

२०२० मेरा लागि लक्की सावित भयो । यसै वर्ष सिड्नीमा आयोजना भएको ‘मिस नेपाल वसिनिय’मा म फस्ट रनरअप भएको थिएँ ।

म नेपाली नै हँु

हुन त नेपालमा अर्काे चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड’ पनि आयोजना हुँदै आएको छ । तर मेरो आँखा भने ‘मिस युनिभर्स’मै थियो । म त्यसमै आकर्षित थिएँ । धेरैलाई थाहा नहुन पनि सक्छ । ‘मिस युनिभर्स’ आजको मितिसम्म विश्वकै नम्बर वान प्रतियोगिता मानिन्छ । मेरो सोच नम्बर वानमै जाने थियो ।

‘मिस युनिभर्स नेपाल’ यात्रा पनि मेरा लागि सहज भने भएन । २०१५ मा स्टुडेन्टका रूपमा म अस्ट्रेलिया पुगेकी थिएँ । अहिले त्यहाँको पीआर हो । कोरोनाको कारण अस्ट्रेलिया छोडेर हिँड्ने अनुमति थिएन । त्यसैका कारण पहिलो निवेदनसमेत रिजेक्ट भएको थियो । फेरि प्रयास गर्दा एसेप्ट भयो । नेपाल आउन सहज बनाउने काम आयोजकले गर्नुभयो ।

‘मिस युनिभर्स’मा म अस्ट्रेलियाबाट पनि सहभागी हुनसक्थँे । म नेपाली र मेरो मुटुमा नेपाल नै भएको नेपालको प्रतिनिधि भएर सहभागी हुन चाहन्थेँ । त्यसका लागि नेपाल रोजेँ । म विदेशमा जति पनि कार्यक्रममा सहभागी हुन्थेँ नेपाली भएरै सहभागी हुन्थेँ । विदेश बस्दैमा नेपाली संस्कार भुलेको छैन, भुल्न पनि सक्दिनँ ।

ताज नेपाल आउँछ

‘मिस युनिभर्स नेपाल’मा सहभागी हुँदा ताज जितेर  ‘मिस युनिभर्स’मा जान्छु भन्ने आत्मविश्वास पनि थियो । त्यो आत्मविश्वास पूरा गर्न मिहिनेत धेरै गर्नुपर्यो । मलाई लाग्छ, नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगितामध्ये टप प्रतिस्पर्धा ‘मिस युनिभर्स नेपाल’ भयो । किनभने प्रतिस्पर्धामा अधिकांश महिला एउटा न एउटा फिल्डमा नाम कमाएका थिए ।

पाँच सय आवेदनबाट हामी पहिलो चरणमा ९९ जना छानिएका थियौँ । तीमध्येबाट पनि एक हुनु कठिनभन्दा कठिन नै थियो । अब नेपालको प्रतिनिधित्व गरेर ‘मिस युनिभर्स’मा जाँदैछु । यसका लागि अहिलेको भन्दा १०, १५ गुणा बढी मिहिनेत गर्नुपर्छ । त्यसका केही समयपछि फिलिपिन्समा ट्रेनिङका लागि जाँदैछु ।

त्यसको अलवा मेरो हरेक पाटो सक्षम बनाउने टिम छ । मानसिक रूपमा तयार छु । जसरी भए पनि नेपालको नाम त्यो प्लेटफर्ममा राख्छु भन्ने आत्मविश्वास छ । मेरो लक्ष्य ‘मिस युनिभर्स’को ताजबाट हटेको छैन, पहिले र अहिले पनि ।

नेपालबाट ‘मिस युनिभर्स’को पहिलो सहभागी नग्मा श्रेष्ठ जो अहिले मेरो अर्गाइजर पनि हुनुहुन्छ उहाँहरुले मलाई मार्ग निर्देश गरिरहनुभएको छ । यो वर्ष ताज नेपालकै हो, अवश्य नेपाल भित्रिनेछ । ताजका लागि म एक्लै लागिपरेको होइन । हाम्रो टिम नै लागेको छ ।

‘मिस युनिर्भस’मा ६० प्रतिशत जजमेन्ट अन्तरवार्ता, स्किल र आफूले देखाउनेमा भर पर्दैछ । त्यसका लागि म अंशिका भएर जाँदिन । नेपाल भएर जाँदैछु । त्यहाँ नेपालका गुण, विविधता र कलासंस्कृति जो विश्वमा अगल छ, यही प्रस्तुत गर्नेछु ।

प्रतियोगितामा नेसनल कस्ट्युम भन्ने सेगमेन्टसमेत छ । यसमा विशेष गरेर नेपाली कलासंस्कृति फोकस गर्नेछु ।

‘मिस युनिभर्स’ को ताज नेपाल ल्याउन सबै नेपालीको सपोर्ट र साथ चाहिन्छ । सबैको साथले मानसिक रूपमा म पनि बलियो हुन्छु र मेरो प्रस्तुति उत्कृष्ट हुन्छ भन्ने ठानेको छु । भगवान्सँग जितका लागि प्राथर्नाका लागि समेत अनुरोध गर्दछु ।

मिडियालाई ग्ल्यामर र मसला

पछिल्लो समय सौन्दर्य प्रतियोगिताले महिलाको शारीरिक पक्षलाई जोड दिन्छ भन्ने आरोपसमेत लाग्न थालेको छ । म त्यो मान्दिनँ । किनभने यस्तो आरोप हामीलाई स्टेजमा मात्र देख्नेले लगाएका हुन् । स्टेजमा त अडियन्सलाई पनि मनोरन्जन दिने हिसाब प्रस्तुति राखिन्छ । मिडियाका लागि ग्ल्यमर र मसला पनि चाहिन्छ ।

स्टेजकी महिला पहिले कस्तो थिइन्, अहिले कतिको कन्फिडेन्ट, कतिको बोल्ड एन्ड ब्रेभ छन् भनेर दाज्नुपर्छ । त्यसपछि मात्र प्रतियोगिता शारीरिक प्रदर्शन मात्र होइन यो महिलाको व्यक्तित्वसँग जोडिँदो रहेछ भनेर बुझ्न सकिन्छ ।

हो, प्रेममा छु

म कलाकारितामा आउने सम्भावना न्यून छ । किनभने मेरो अध्ययनको विषय सूचना प्रविधि हो । केही समय मैले त्यसमै गरेकी थिएँ । म ती कुरा भुल्न सक्दिनँ । आगामी दिनमा पनि निरन्तरता आईटी फिल्डमा रहन्छ । नेपाल बस्छु बस्दिनँ, त्यो समयले निर्धारण गर्छ ।

ट्राभलिङ मेरो अर्काे रुचिको विषय हो । २०१७, २०१८ मा मैले सिङ्गापुरको सोलो ट्राभलिङ गरेको थिए । अहिले कोरोनाले ट्राभलिङ सम्भव भएन । हिँड्न सम्भव नभए पनि खाली समयमा म युट्युबमा विभिन्न ठाउँको जानकारी लिने गर्दछु ।

मेरो बुझाइमा जीवन एकदमै सुन्दर छ । यसलाई सुन्दर बनाउने म आफैले हो । प्रेम मानिसको जीवनका लागि आवश्यक छ । एक्लै जीवन बिताउन सकिन्न । त्यसको लागि प्रेम र सपोर्टको खाँचो हुन्छ ।

विवाहको विषयमा अहिले सोचेकी छैन । विवाह गर्नैपर्छ भन्ने लाग्दैन । हेरौँ के हुन्छ । म प्रेममा भने छु । प्रेम हँुदैमा विवाह गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

अझै सक्षम नेताको खाँचो

पछिल्लो समय विदेशमा बसेपछि देशलाई सधैँ नजिकबाट  नियाल्दै आएकी छु । देशमा प्रगति, परिवर्तन सबै थाहा छ । केही हदसम्म देश पहिले भन्दा प्रगतिको पथमा लम्किएको छ ।

तर पहिले पनि अहिले पनि देशका लागि एउटा सक्षम नेतृत्वको खाँचो देखेकी छु । युवा नेतृत्वमा आउन अझै सकेका छैनन् । त्यो भएदेखि देश राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । एउटा नागरिकको हिसाबले राजनीतिमा चासो दिन्छु । नेता बन्ने विषयमा सोचेकी छैन । नेपालमा राजनीतिलाई जागिरेको रूपमा लिइन्छ । त्यसैले देश बिग्रिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप