शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालीप्रसादले ल्याए ‘मिस्सिएर दुईटा खोला’

बुधबार, २९ पुस २०७७, १३ : १४
बुधबार, २९ पुस २०७७

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुईटा खोला’ बोलको गीत भिडियोसहित रिलिज भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका रीता केसी र राज सागरको स्वर रहेको छ । गीतमा एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

गीतको भिडियो अमर ओलीले निर्देशन गरेका हुन् । ठुलो पर्दाको फिल्म निर्देशन गर्दै आएको निर्देशक ओलीले भिडियोमा प्रेमकथा बुनिएको बताए । रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन भिडियोमा देख्न सकिन्छ । उनीहरुको जोडी भिडियोमा परफेट देखिएको छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप