कुमारी बैंकको क्यूआर क्यास विथ ड्र सेवा शुरु
बुधबार, २९ पुस २०७७, १३ : ०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।
उक्त सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।
ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउण्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्याण्डमार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यूआर प्रणालीमार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।
कोभिड–१९को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुने बैंकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर