बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवक पक्राउ

बुधबार, २९ पुस २०७७, १२ : ०५
बुधबार, २९ पुस २०७७

आफू लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय हुकुम पुन मगरले झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन् ।

मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।
मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैंशा नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आफै फसेको जानकारी दिएको छ ।
प्रहरीले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुपैयाँ तिर्नु नपरोस् भनेर आफैं खुर्सानीको धुलो किनेर आफैलाई छर्किर झुटो नाटक गरेको खुल्न आएको बताएको छ ।
प्रहरीले गलत सूचना दिइ झुट्टा अफबाफ फैलाउन खोज्ने मगरविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप