
चन्द्रागिरीमा एक पुरुषको हत्या

काठमाडौँको चन्द्रागिरी ७ घुमाउनेमा एक जना पुरुषको हत्या भएको छ । मंगलबार राति ९ः१० बजे लेनदेनको विषयमा विवाद हुँदा चन्द्रागिरी ७ घुमाउनेमा टहरामा बस्दै आएका ५२ वर्षीय होम बहादुर सुदारको हत्या भएको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार विवादको क्रममा चन्द्रागिरी २ का २२ वर्षीय रामकृष्ण तामाङले लौराले सुदारको टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा उनको मृत्यु भएको हो । प्रहरीले तामाङलाई मंगलबार राति नै पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले मृतकसँग ७ लाख रकम लिनुपर्ने र पटक पटक माग्दा समेत नदिएकोले तामाङले सुदारको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ