बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री

बुधबार, २९ पुस २०७७, १० : १६
बुधबार, २९ पुस २०७७


प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । 

न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् ।  संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप