बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिकिनीका कारण छोडिदिएकी थिइन् फिल्म, आजकाल कहाँ छिन् आयशा जुल्का ?

बुधबार, २९ पुस २०७७, ०९ : २४
बुधबार, २९ पुस २०७७


बलिउड नायिका आयशा जुल्का ९० को दशककी चर्चित नायिकामध्येकी एक थिइन् । आयशाले अक्षय कुमार आमिर खानजस्ता ठूला सुपरस्टार्ससँग काम गरिसकेकी छिन् । एकातिर आयशाले आमिर खानसँग जो जिता वही सिकंदरजस्तो हिट फिल्ममा काम गरिन्, यस्तै केही हिट फिल्ममा अभिनय गर्न उनले अस्विकार पनि गरेकी थिइन् । यो कुराको उनलाई आज पनि अफसोस छ । हालै एक अन्तर्वार्तामा आयशाले यसबारे कुरा गरेकी छिन् । 

आयशा जुल्काले एक अन्तर्वार्तामा उनले बिकिनीका कारण एक हिट फिल्म अस्विकार गरेकी थिइन । नायिकाले भनिन्, ‘धेरै फिल्म छन् जुन मैले गर्न सकिनँ । मैले मणिरत्नमको फिल्म रोजा गर्न सकिनँ र त्यसको मलाई निकै अफसोस छ ।’

आयशाले आफू फिल्म इन्डष्ट्रिमा ज्याकी श्रोफसँग सम्पर्कमा भएको बताएकी छिन् । नायिकाले भनिन्, ‘ज्याकी दादासँग म सम्पर्कमा छु । ज्याकी दादा असाध्यै सामाजिक कार्य गर्नुहुन्छ, विशेषगरी जनावरको हितका लागि । उहाँ जनावर प्रेमी हुनुहुन्छ ।’

यसका साथै आयशालाई रोमा नायडूको फिल्म प्रेम कैदी गर्न नपाउँदाको अफसोस अहिले पनि छ । आयशाले भनिन्, ‘मलाई प्रेम कैदीमा बिकिनी लगाउनुपर्ने थियो त्यसैले मैले त्यो फिल्म अस्विकार गरेँ ।’

फिल्मबाट किन टाढा भएको भन्ने प्रश्नमा उनले आफू अहिले पनि फिल्मको हिस्सा भएको बताएकी छिन् । उनले भनिन्, ‘मलाई अहिले पनि फिल्म, वेब सिरिज र टिभीको प्रस्ताव आउँछ तर जबसम्म मेरो लागि हुने भूमिका आउँदैन तबसम्म प्रस्ताव स्विकार गर्न सक्दिनँ ।’

उनी थप्छिन्, ‘म यस्तो भूमिकाको खोजीमा छु जसले मलाई कलाकारको रुपमा सन्तुष्टि दिन सकोस् । फिल्मी दुनियाँभन्दा टाढा म जनावरका लागि काम गरेर आफूलाई व्यस्त राख्छु । म स्क्रिप्ट पनि लेखिरहेकी छु र केही स्क्रिप्ट आफ्नो लागि पनि हेरिरहेकी छु । यतिबेला धेरै कुरा चलिरहेको छ ।’

आयशा जुल्काले सन् २००३ मा समिर वशीसँग विवाह  गरेकी थिइन् । विवाहपछि उनले अभिनयलाई आफूभन्दा टाढा राखिन् । यसबारे उनी भन्छिन्, ‘मैले निकै कम उमेरमा नै फिल्ममा काम गर्न सुरु गरेँ र म एक साधारण जीवन चाहन्थेँ । विवाहपछि बलिउडभन्दा टाढा रहेर मैले जीवन अत्यधिक रमाइलो गरेँ । यो एउटा राम्रो निर्णय थियो ।’

उनी थप्छिन्, ‘म लोनावलामा एनिमल एम्बुलेन्स सुरु गर्न चाहन्थे त्यसैले हालैमा मैले एउटा भ्यान पनि डोनेट गरेँ । म भाग्यश्री, रबिना टन्डन, हेमा मालिनी र अन्य केही सेलिब्रिटीसँग सम्पर्कमा छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप