शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

बुधबार, २९ पुस २०७७, ०८ : २७
बुधबार, २९ पुस २०७७

हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ  ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप