भारतबाट थप १५ मेगावाट विजुली
![भारतबाट थप १५ मेगावाट विजुली](https://rpcdn.ratopati.com/media/albums/transmission-lines-copy_1534642979-1000x0_GM44S37iDY.jpg)
नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।
यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।
प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) पर्छ ।
नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट (करिब १६ मेगावाट) विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
-
शतप्रतिशत जित निकाल्दै भेनेजुएला कोपाको अन्तिम ८ मा, मेक्सिको बाहिरियो
-
खानीखोलाका कफी–कृषकलाई अनुदान
-
माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने क्रसर व्यवसायीको चेतावनी
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची