ट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउनका लागि संसदमा बहस
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्जेटिव्यमा राष्ट्रपति ट्रम्पलाई हटाउनका लागि एक प्रस्तावमाथि बहस भएको छ ।
प्रस्तावमा 'ट्रम्पले पूरा प्रचारका साथ र खुल्ला रुपमा उक्त भीडलाई उक्साए' जसले गत हप्ता अमेरिकी संसदमा हमला गरेका थिए भन्ने आरोप लागेको छ ।
प्रस्तावमा उप–राष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ ।
डेमोक्रेट्स जसको हाल सदनमा बहुमत छ, उनीहरुले पेन्सलाई तत्काल संविधानको २५ औं संशोधनको प्रयोग गर्दै राष्ट्रपति ट्रम्पलाई यो पदका लागि अयोग्य घोषित गरिदिन आग्रह गरिरहेका छन् ।
२५ औं संशोधन अनुसार उप–राष्ट्रपतिलाई राष्ट्रपति बन्ने अधिकारी हुन्छ जब राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन असमर्थ हुन्छन् उदाहरणको रुपमा यदि उनी शारीरिक र मानसिक रोगका कारण अयोग्य हुने गर्छन् ।
सदनमा २५ औं संशोधनको धारा ४ माथि बहस भइरहेको छ जसले उप–राष्ट्रपतिलाई क्याबिनेटको बहुमतसँग मिलेर राष्ट्रपतिलाई आफ्नो जिम्मेवारी निभाउनका लागि अयोग्य घोषित गर्न सक्छन् ।
उप–राष्ट्रपतिले संसद अध्यक्ष तथा माथिल्लो सदन सिनेटका प्रेसिडिङ अफिसरलाई एक पत्र लेखेर राष्ट्रपति पदका लागि योग्य नभएको भनेर पत्र लेखेर जानकारी दिनुपर्ने हुन्छ ।
यस्तो गरेपछि उप–राष्ट्रपति तत्काल राष्ट्रपति बन्नेछन् ।
यी सबका बीच राष्ट्रपतिले लिखित जवाफ दिने मौका दिइन्छ र यदि उनले यो निर्णयको चुनौती दिन्छन् तर यो संसदले निश्चित गर्नुपर्ने हुन्छ ।
सिनेट र तल्लो सदनमा राष्ट्रपतिलाई हटाउन लागि कुनै प्रस्ताव पारित गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता हुन्छ । तर जबसम्म यो मामिलामा कुनै हल निस्कँदैन तबसम्म उप–राष्ट्रपतिले राष्ट्रपतिको स्थानमा काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’