शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो

बुधबार, २९ पुस २०७७, ०० : ३६
बुधबार, २९ पुस २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । उक्त मृतक संख्या बेलायतमा कोरोनाको महामारी शुरु भएयताको दोस्रो सबैभन्दा बढी हो ।  

यसघि गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३२५ जनाको मृत्यु भएको थियो ।  एकैदिनमा धेरै मृत्यु भएको यो नै सबैभन्दा बढी संख्या हो ।  यसघि कोरोना संक्रमणको पहिलो लहरको बेला गत अप्रिल २१ मा एक हजार २२४ जनाको मृत्यु भएको थियो ।  मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २०३ पुगेको छ । एकसाताभित्र बेलायतमा छ हजार ८९८ जनाको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टामा थप ४५ हजार ५३३ जना नयां संक्रमित थपिएका छन् ।  बेलायतमा अहिलेसम्म  कोरोना संक्रमित हुनेको संख्या  ३१ लाख ६४ हजार ५१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । एकहप्तामा मात्र झन्डै तीन लाख ९० हजार नयाँ  संक्रमित थपिएका छन् । हाल बेलायतका अस्पतालमा ३५ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन हजार ३६३ जनालाई भेन्टिलेटर बेडमा राखिएको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि  फाइजर र अक्सफोर्डको खोपलाई  तीव्रता दिइएको छ । मंगलबारसम्ममा २८ लाख ४३ हजार ८१५ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये चार लाख १२ हजार १६७ जनाले खोपको दोस्रो अर्थात अन्तिम डोज लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप