शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पद्वारा वासिङ्गटन डिसीमा आपतकाल घोषणा, बाइडेनको सपथ कार्यक्रम प्रभावित हुने संकेत

बुधबार, २९ पुस २०७७, ०० : ०६
बुधबार, २९ पुस २०७७

एजेन्सी । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।

गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । संसदमा डेमोक्रेटिक पार्टीका संसदहरुले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । बुधबार त्यसबारे मतदान हुँदैछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप