शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मानन्धर हत्यामा संलग्न २ जना पक्राउ

मङ्गलबार, २८ पुस २०७७, २२ : २३
मङ्गलबार, २८ पुस २०७७

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । वि.सं २०७२  असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई  पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ । नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।
उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप