आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिव गौतमको अचानक सरुवा

मङ्गलबार, २८ पुस २०७७, २२ : ११
मङ्गलबार, २८ पुस २०७७

सरकारले निर्वाचन आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरेको छ । आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा भएको निर्वाचन आयोग स्रोतले रातोपाटीलाई जानकारी दियो ।

 विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
निर्वाचन आयोग स्रोतका अनुसार कानुन शाखाका प्रमुख गौतमका साथै आयोगका आयुक्तहरुले नेकपा विवादको मुद्दा हेरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप