शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

मङ्गलबार, २८ पुस २०७७, २२ : ०६
मङ्गलबार, २८ पुस २०७७

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गरेका हुन् ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा जबर्जस्ती रकम असुल गर्नका लागि परीक्षामा सामेल हुन नदिनु दुःखद् भएको उनले बताए ।  नेविसङ्घले परीक्षा दिनबाट वञ्चित गरिएका रामजी राम र पङ्कज रामलाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र डीनको कार्यालयसँग मागसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप