शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकद्वारा शेयरधनीलाई ९.४७% लाभांश वितरण गर्ने प्रस्ताव पारित

मङ्गलबार, २८ पुस २०७७, १८ : १७
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो । 

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

उक्त साधारणसभाले आ.व. २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप