
प्रज्ञा भवनमा युवतीहरुको गर्जनसहित अनौठो प्रस्तुति: ‘ओई सरकार सुन, सुन, सुन’ (फोटो/भिडियो)

काठमाडौं । धिमे बाजा बज्न थाल्यो । बाजा बज्न सुरु हुने वित्तिकै रातो टिसर्ट र रातो मास्क लगाएका युवतीहरु ज¥याक जुरुक्क उठे । टिसर्टमा अङ्ग्रेजीमा राजनीतिमा महिला लेखिएको थियो । रातो मास्कमा ‘असंवैधानिक’ लेखिएको थियो । बाजाको तालसँगै उनीहरुले कोरस गाउदैँ भने– ‘ओई सरकार ।
सुन, सुन, सुन
कान खोलेर सुन
समृद्धीको भाषामा
प्रतिगामी धुन
भष्ट्राचार गरिस् तैले
माया मारिस तैले
गरिस हाम्रो अपमान
ओई सरकार सुन
जनताको आवाज सुन
घुम्यो धेरै राजनीतिको चर्खा
फनफन फन
म लडेँ
आमा लडिन
बा लडे
बा का बा लडे
अझै कति लड्ने झन्
खै राष्ट्रपति,
खै संविधान कार्यान्वयन ?
सरकार तेरो अंहकार
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चालेको भन्दै त्यसको कलात्मक रुपमा विरोध प्रर्दशन गरे । उनीहरुले ‘कानुनमाथि को रैछन्, केपी ओली पो रैछन्, संसद डुबाउन रातारात, देश डुबाउन तिम्रो हात’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
चित्रकारहरु ब्यङ्ग्यात्मक रुपमा प्रतिगमनविरुद्ध सेतो कपडामा कालो, पहेलो, रातो रंग प्रयोग गरी लाइभ चित्र कोरेका थिए । साथै नाटककार घिमिरे युवराजको निर्देशनमा तयार पारिएको कविता नाटक पनि प्रस्तुत गरिएको थियो । नागरिक समाजका कानुन, पत्रकारिता, राजनीतिक, सामाजिक क्षेत्र लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा नेपाल बार एशोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, मुक्तिसिंह तामाङ, भोजराज श्रेष्ठ, सिएन थारु, विद्या श्रेष्ठ, युग पाठक लगायतले सम्वोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै त्यसका विरुद्ध निरन्तर आन्दोलनमा सहभागी हुने बताए ।
हेर्नुहोस् भिडियो :

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Jan. 12, 2021, 8:07 p.m. nepaliKun INGO rahechha yo? Apply garnu paryo.
- 0 Reply