बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

मङ्गलबार, २८ पुस २०७७, १७ : ०१
मङ्गलबार, २८ पुस २०७७

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ । 

सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने  सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।

केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप