सङ्घीयता र गणतन्त्र गुम्ने खतरा देखियोः उपेन्द्र यादव

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएका छन् । अध्यक्ष यादवले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकाल्न सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।
सङ्घीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने दाबी समेत गरे ।
प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने बताए । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको स्पष्ट पारे । पत्रकार सम्मेलनमा जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्