शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूले देखायो मन्त्री ठगुन्नालाई  कालो झण्डा

मङ्गलबार, २८ पुस २०७७, १५ : २५
मङ्गलबार, २८ पुस २०७७

सत्तारुढ नेकपा (ओली पक्ष ) द्वारा आयोजित सभालाई सम्बोधन गर्न मंगलबार बझाङ जिल्लाको च‌ैनपुरमा पुगेका सामान्य प्रशासन  मन्त्री गणेश ठगुन्नालाई प्रचण्ड - नेपाल निकट अनेरास्ववियूले कालो  झण्डा सहित विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्ध  उनीहरुले सडकमा  कालाे झण्डा देखाउदै टायर बालेर प्रदर्शन गरेका थिए । मन्त्री ठगुन्नाको टोलीमा सांसद भैरवबहादुर सिंह , सत्तपक्षीय अनेरास्ववियूका  संयोजक ऐन महर लगायत थिए ।

अनेरास्ववियूले प्रतिगामी कदम चालेको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप