बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

मङ्गलबार, २८ पुस २०७७, १५ : १८
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।  विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले रातोपाटीलाई बताए । 

बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो ।  काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप