बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजद्वारा रियादको उडान पुनः सुरुवात

मङ्गलबार, २८ पुस २०७७, १४ : ५५
मङ्गलबार, २८ पुस २०७७

दोहा – कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्यूआर११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयरबस A350–1000 द्वारा सञ्चालन गरिएको थियो । 

यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ ( क्यूआर११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्यूआर११५० दोहाबाट १७ः१० मा प्रस्थान) बाट उडान पुनः सुरुवात गर्दैछ । 

साउदी अरब अधिराज्यबाट यात्रुहरुले फेरि पनि कतार एयरवेजको लोकप्रिय क्युसुइटको लाभ उठाउन सक्नेछन् जसमा स्लाइड हुने ढोका तथा ‘डु नट डिस्टर्ब’ संकेत गर्ने इन्डिकेटर हुन्छ । क्युसुइटको सिट लेआउट ले यात्रुहरुलाई पूर्ण रुपमा निजी, आरामदायी तथा सुरक्षित यात्रा सुनिश्चित गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप